१३ फाल्गुन २०८२, बुधबार । February 25, 2026

सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रंगशाला निर्माण सुरु



स्याङ्जा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ थाप्लेस्थित आरुचौरमा क्रिकेट रंगशाला निर्माणको काम सुरु गरिएको छ।

स्थानीय तहको अगुवाइ र जनश्रमदानमा आधारित यो परियोजना गाउँपालिका कार्यालयको लगानीमा सञ्चालनमा आएको हो। गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ बाट निर्माण कार्य थालिएको हो। सार्वजनिक गौचरन क्षेत्रलाई उपयोग गर्दै बनाइँदै गरेको उक्त रंगशाला समुद्री सतहदेखि १,९०७ मिटरको उचाइमा अवस्थित छ।

हाल वर्षाको कारण सम्याउने कार्य केही समयका लागि स्थगित गरिएको भए पनि, वर्षा सकिएलगत्तै निर्माण कार्य तीव्र रूपमा अघि बढाइने बताइएको छ। निर्माणाधीन रंगशालालाई ‘नाइन्टिन ओ सेभेन अरिना (1907 Arena)’ नाम दिइएको छ, जसले उक्त स्थानको उचाइ झल्काउँछ। मैदानको डिजाइन राष्ट्रियस्तरको मापदण्डअनुसार तयार पारिएको छ, जसमा बीच भागबाट ४५ मिटरको वृत्ताकार फैलावट समावेश छ।

रंगशालाको पीच निर्माणदेखि अन्य प्राविधिक पक्षहरूसम्मका लागि जिल्ला, प्रदेश र केन्द्रका अनुभवी खेलकर्मी तथा खेल विज्ञहरूको परामर्शमा काम भइरहेको छ। स्थानिय स्रोत साधनको प्रयोगसँगै यस रंगशालाले स्थानीय युवाहरूको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

अध्यक्ष तिवारीका अनुसार यो परियोजनाले क्रिकेटको विकाससँगै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउनेछ। रंगशालाबाट झण्डै आधा घण्टाको दूरीमा रहेको सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टेको रूपमा परिचित छ। यसले खेल र पर्यटनलाई जोडेर आर्थिक तथा सामाजिक upliftment गर्ने सम्भावना बोकेको तिवारीको विश्वास छ।

भविष्यमा यस रंगशालामा राष्ट्रियस्तरका प्रतियोगिताहरू आयोजना गर्ने योजना रहेको छ। साथै, अभ्यासका लागि छुट्टै प्रशिक्षण स्थल पनि बनाइनेछ।

सन्दीप लामिछानेको जन्मस्थानमा बन्न लागेको यो रंगशालाले भावी पुस्तालाई खेलप्रति आकर्षित गर्न र नयाँ प्रतिभाको खोजी तथा विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा