२३ बैशाख २०८३, बुधबार । May 6, 2026

टी–२० विश्वकपमा नेदरल्याण्ड्स र इटाली छनोट, स्कटल्याण्ड बाहिरियो


२८ असार २०८२, शनिबार  

66
Shares

काठमाडौं । नेदरल्याण्ड्स र इटालीले युरोप क्षेत्रीय छनोट पार गर्दै भारत र श्रीलंकामा आयोजना हुने आगामी टी–२० विश्वकप २०२६ मा स्थान सुरक्षित गरेका छन्।

शुक्रबार भएको निर्णायक खेलमा इटाली नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भएपनि अंक तालिकाको आधारमा विश्वकपमा छनोट हुन सफल भयो। विजयी नेदरल्याण्ड्सले पनि टूर्नामेन्टको शिर्ष स्थानमा रहँदै विश्वकप यात्रा पक्का गर्‍यो। नेदरल्याण्ड्सले ४ खेलबाट ६ अंक जोडेर समूहको शीर्ष स्थान हासिल गर्‍यो भने इटाली ५ अंकसहित दोस्रो स्थानमा रहँदै विश्वकपमा पुग्यो।

यो नतिजाले जर्सीको सम्भावनालाई भने समाप्त गरिदियो। यदि नेदरल्याण्ड्सले १३५ रनको लक्ष्य १४.१ ओभरभन्दा अगावै पूरा गरेको भए, नेट रनरेटका आधारमा जर्सीले इटालीलाई पछि पार्ने सम्भावना थियो। तर नेदरल्याण्ड्सले सो लक्ष्य १६.२ ओभरमा पूरा गरेपछि इटालीको यात्रा सुनिश्चित भयो।

पहिले ब्याटिङ गर्दै इटालीले २० ओभरमा ७ विकेटको क्षतिमा १३४ रन बनायो। टोलीका लागि बेन मानेन्तीले ३० रन, ग्रान्ट स्टुवर्टले २५, ह्यारी मानेन्तीले २३ र कप्तान जो बर्न्सले २२ रनको योगदान दिए। बलिङतर्फ नेदरल्याण्ड्सका रूलोफ भान डर मर्वेले ३ विकेट लिए भने काइल क्लाइनले २ विकेट झारे। आर्यन दत्त र पाउल भान मिकरनले १-१ विकेट लिए।

जवाफी ब्याटिङमा नेदरल्याण्ड्सले मात्र १ विकेट गुमाउँदै १६.२ ओभरमा लक्ष्य भेटायो। म्याक्स ओ’डाउड ४७ रनमा अविजित रहे भने कप्तान स्कट एडवार्ड्सले नटआउट ३७ रन बनाए।

यसपटक टी–२० विश्वकपमा २०१६ यता लगातार सहभागी हुँदै आएको स्कटल्याण्ड भने छनोट हुन असफल रह्यो। स्कटल्याण्ड इटाली र जर्सीसँग हार्दै प्रतियोगिताबाट बाहिरिएको हो।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट