२३ बैशाख २०८३, बुधबार । May 6, 2026

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, पूर्णिमा र सेनुको चम्किलो प्रदर्शन


२७ असार २०८२, शुक्रबार  

78
Shares

काठमाडौं । बंगलादेशमा सुरु भएको साफ यू-२० महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भव्य जित हात पारेको छ।

पूर्णिमा राईको शानदार चार गोल र सेनु परियारको दुई गोलको मद्दतले नेपालले शुक्रबार भुटानलाई ६-१ को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको खेलमा नेपालले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि तीन गोल थप्दा भुटानले एक मात्र गोल फर्कायो।

खेलको नवौं मिनेटमै सेनु परियारले वर्षा ओलीको पासमा उत्कृष्ट चिप सुटमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। त्यसपछि १८औं मिनेटमा पूर्णिमा राईले वर्षाकै क्रसममा वान टच गोल गर्दै स्कोर २-० बनाइन्। पहिलो हाफको अन्त्यतिर, ४५औं मिनेटमा सेनुले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता ३-० मा पुर्‍याइन्। उनले विपक्षी खेलाडीलाई छलाउँदै बक्सभित्रबाट गोल गरेकी थिइन्।

दोस्रो हाफको सुरुवातमै भुटानले खेलमा फर्कने संकेत गर्‍यो। केल्देन वाङ्मोले ५३औं मिनेटमा गोल गर्दै स्कोर ३-१ बनाइन्। तर त्यसको केही मिनेटमै पूर्णिमा राईले गोल फर्काउँदै नेपालको अग्रता ४-१ मा पुर्‍याइन्। पूर्णिमाको प्रदर्शन यतिमै रोकिएन। उनले ८३औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने ८८औं मिनेटमा चौथो गोल पनि गरेकी थिइन्। यससँगै नेपालले खेल ६-१ ले आफ्नो पक्षमा पारेको हो।

नेपालले खेलभरि केही सुनौलो अवसरहरू पनि गुमाएको थियो। सुक्रिया मिया र वर्षा ओलीले गोल नजिक पुगेर पनि मौका सदुपयोग गर्न सकेनन्। यस जितसँगै नेपालले ३ अंक जोडेको छ। प्रतियोगिताको अर्को खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकामाथि ९-० को भारी जित निकाल्दै समान ३ अंक जोडेको छ। यद्यपि, गोल अन्तरका आधारमा बंगलादेश अग्रस्थानमा रहेको छ।

नेपाल र बंगलादेशबीचको भिडन्त आइतबार हुने छ, जुन च्याम्पियनसिपको अहम् खेल मानिएको छ। यस प्रतियोगितामा चार टोली सहभागी छन्।

खेलहरू डबल राउण्ड रोबिन आधारमा खेलाइँदैछ र सबैभन्दा धेरै अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट