२९ चैत्र २०८२, आइतबार । April 12, 2026

साफ यू–२० महिला च्याम्पियनसिप: नेपाल पहिलो खेलमा भुटानसँग भिड्दै


२७ असार २०८२, शुक्रबार  

75
Shares

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आजदेखि सुरु हुने साफ यू–२० महिला च्याम्पियनसिप २०२५ मा नेपालले भुटानविरुद्ध खेल्दै प्रतियोगिताको अभियान सुरु गर्दैछ।

नेपाली समयअनुसार साँझ ६ः१५ बजे बसुन्धारा किङ्स एरेनामा हुने खेलमा नेपालको कप्तानी बिर्सना चौधरीले सम्हाल्नेछिन्। नेपाल र भुटानबीच यो दोस्रोपटक आमनेसामना हुन लागेको हो। दुई वर्षअघिको संस्करणमा पनि यी दुई टोली बंगलादेशमै भिडेका थिए, जहाँ नेपालले भुटानलाई ४–० को सानदार जित दिएको थियो।

प्रतियोगिता अन्तर्गत पहिलो दिनको पहिलो खेलमा दिउँसो ३ बजे आयोजक बंगलादेश र श्रीलंका आमने–सामने हुनेछन्।

च्याम्पियनसिपमा चार टोलीको सहभागिता

यस पटकको साफ यू–२० महिला च्याम्पियनसिपमा जम्मा चार टोली सहभागी छन् — आयोजक तथा गत संस्करणको विजेता बंगलादेश, नेपाल, भुटान र श्रीलङ्का। प्रतियोगिता जुलाई ११ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ।

नेपालको टिममा युवा उत्साह र अनुभवको मिश्रण

कप्तान बिर्सना चौधरीसहित नेपाली टोलीमा अनुशासन, ऊर्जा र प्रतिभाले भरिएका युवा खेलाडीहरू छन्। टोलीमा रहेका अन्य खेलाडीहरू यस प्रकार छन्: लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुव्रिया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर।

नेपालले सुरुआती खेलमै सकारात्मक नतिजा निकाल्दै उपाधिको होडमा आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व