२८ पुस २०८२, सोमबार । January 12, 2026

यू–१६ इस्ट जोन कप क्रिकेट विजेता नेपाली टोलीलाई क्यानको नगद पुरस्कार



काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा विजयी बनेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्ति अनुसार, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी उपाधि जितेको नेपाली टोलीका प्रत्येक खेलाडी तथा अफिसियललाई जनही ५० हजार रुपैयाँ पुरस्कार स्वरूप दिइने निर्णय भएको हो। यस निर्णयले टोलीको मनोबल अझै बढाउने विश्वास लिइएको छ।

पूर्वी एसियाका १० राष्ट्रको सहभागिता रहेको यो प्रतियोगिता जुन २० देखि जुलाई ५ सम्म मलेसियामा सम्पन्न भएको थियो। सहभागी देशहरूमा नेपाल, भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर रहेका थिए।

प्रतियोगिताको फाइनल खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दै उपाधि हात पार्न सफल भएको थियो, जसले भविष्यका लागि नेपालको यू–१६ टोलीको क्षमता र सम्भावनालाई अझ स्पष्ट बनाएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ११ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले