१० श्रावण २०८३, आइतबार । July 26, 2026

कर्टिस क्याम्फरको चमत्कार : पाँच बलमै पाँच विकेट लिएर इतिहास रचे


२७ असार २०८२, शुक्रबार  

114
Shares

एजेन्सी । आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फरले पुरुष व्यावसायिक क्रिकेटमा लगातार पाँच बलमा पाँच विकेट लिने पहिलो बलरको रूपमा कीर्तिमान बनाएका छन्।

इन्टर-प्रोभिन्सियल टी-२० ट्रफीमा मन्स्टर रेड्सबाट खेल्दै उनले नर्थ-वेस्ट वारियर्सविरुद्ध यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। क्याम्फरले आफ्नो २.३ ओभरको स्पेलमा १६ रन खर्चिएर ५ विकेट लिएका थिए। कप्तानसमेत रहेका उनले दोस्रो र तेस्रो ओभरमा गरी यी विकेटहरू झारेका थिए।

१८९ रनको लक्ष्य पछ्याइरहेको वारियर्सको टोली ८७/५ को अवस्थामा रहेको बेला क्याम्फरको जादुई बलिङले टोलीलाई ८८ रनमै समेटिदियो। उनको विकेट लिने यात्रा १२औं ओभरको पाँचौं बलबाट सुरु भयो, जहाँ उनले जेरेड विल्सनलाई इनस्विङ्गरमा बोल्ड गरे। त्यसपछिको बलमा ग्राहम ह्युम एलबीडब्लु आउट भए।

१४औं ओभरको पहिलो बलमा एन्डी म्याकब्राइन क्याच आउट हुँदै ह्याट्रिक पूरा भयो। त्यसपछि लगातार दुई बलमा रोबी मिलर र जोस विल्सन आउट हुँदा क्याम्फरले पाँच बलमै पाँच विकेटको अद्वितीय कीर्तिमान पूरा गरे। खेलपछि उनले भने, “ओभर परिवर्तन भएकाले म आफैं पनि अलमलमा थिएँ। तर, मैले योजना अनुसार नै बलिङ गरेँ, र भाग्यले पनि साथ दियो।”

औंलामा चोटका कारण वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाएका क्याम्फरले यो दोस्रो खेलमा २४ बलमा ४४ रन बनाउनुका साथै ऐतिहासिक बलिङ प्रदर्शन गरेका हुन्।

यसअघि जिम्बाब्वेकी महिला खेलाडी केलिसले पाँच बलमा पाँच विकेटको कीर्तिमान बनाइसकेकी थिइन्। तर पुरुष व्यावसायिक क्रिकेटमा यो उपलब्धि पहिलोपटक क्याम्फरले हासिल गरेका हुन्।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर