१२ श्रावण २०८३, मंगलबार । July 28, 2026

देशभर मनसुन सक्रिय : भारी वर्षा र डुबानको जोखिम, सतर्क रहन आग्रह


२७ असार २०८२, शुक्रबार  

39
Shares

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेको छ।

मौसम विज्ञान विभागका अनुसार, मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थानको आसपास रहँदा पश्चिमी भागमा भने सामान्यभन्दा केही उत्तरतिर सरेको छ। देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार पनि देशका पहाडी भू-भागका थुप्रै स्थानहरूमा र अन्य क्षेत्रमा केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना समेत रहेको विभागले जनाएको छ।

यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको पनि पूर्वानुमान गरिएको छ। संभावित वर्षाका कारण पहिरो, भू-क्षय, बाढी र गेग्रान बहावजस्ता प्राकृतिक जोखिमहरू बढ्न सक्ने देखिएकोले विभागले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। ठूला तथा साना नदी-नालामा पानीको सतह बढ्न सक्ने भएकाले तराई र सहरी क्षेत्रहरूमा डुबानको जोखिम समेत रहेको छ।

तसर्थ, नागरिक, स्थानीय प्रशासन र सरोकारवालाहरूलाई पूर्वतयारीका साथ सजग रहन महाशाखाको सुझाव छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर