२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

मोन्टी देसाई काठमाडौं गुखार्जको मुख्य प्रशिक्षक नियुक्त



काठमाडौं । काठमाडौं गुखार्जले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि अनुभवी प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

क्लबले सामाजिक सञ्जालमार्फत देसाईलाई टोलीको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको जानकारी दिएको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक देसाईले सन् २०२३ देखि २०२५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए। उनको नेतृत्वमा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेल्न सफल भएको थियो, जसलाई नेपाली क्रिकेट इतिहासको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।

काठमाडौं गुखार्जले यसअघि नै राष्ट्रिय टोलीका तेज बलर करण केसीलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ। मोन्टी देसाईको आगमनले टोलीको रणनीति र प्रदर्शनमा थप ऊर्जा र अनुभव आउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ६ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको