२८ पुस २०८२, सोमबार । January 12, 2026

फिफा वरियतामा नेपाल एक स्थान तल, दक्षिण एसियाली टिमहरूको प्रदर्शन कमजोर



काठमाडौं । फिफा विश्व वरियतामा नेपाल पुरुष राष्ट्रिय फुटबल टिम एक स्थान पछाडि परेको छ।

विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको ताजा वरियतामा नेपाल १७६औं स्थानमा झरेको हो। गत जुनमा नेपालले हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो भने त्यसै महिनामा एएफसी एसियन कप छनोटमा लाओससँग २–१ को हार बेहोरेको थियो। यी नतिजाहरूले नेपालको वरियतामा नकारात्मक असर पारेको देखिन्छ।

दक्षिण एसियाली फुटबल राष्ट्रहरूमा पनि समग्रमा वरियता घटेको छ। भारत ६ स्थान खस्कँदै १३३औं स्थानमा पुगेको छ भने माल्दिभ्स ७ स्थान तल झर्दै १७१औं स्थानमा पुगेको छ। नेपालभन्दा पछि रहेको बंगलादेश १८४औं स्थानमा छ, भुटान १८६औंमा र पाकिस्तान २०१औं स्थानमा पुगेको छ। यसबीच श्रीलंकाले भने सुधार गर्दै १९६औं स्थानमा स्थान बनाएको छ।

विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ। स्पेन दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा यथावत छन्। पोर्चुगल एक स्थान उक्लिएर छैटौं स्थानमा पुगेको छ भने नेदरल्याण्ड्स सातौं स्थानमा झरेको छ। बेल्जियम, जर्मनी र क्रोएसिया क्रमशः आठौं, नवौं र १०औं स्थानमा छन्।

एसियाली राष्ट्रहरूमा जापान अझै सबैभन्दा अगाडि रहेपनि २ स्थान तल झरेर १७औं स्थानमा पुगेको छ। इरान पनि समान रूपमा २ स्थान खस्दै २०औं स्थानमा झरेको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ४ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले