२९ चैत्र २०८२, आइतबार । April 12, 2026

फिफा वरियतामा नेपाल एक स्थान तल, दक्षिण एसियाली टिमहरूको प्रदर्शन कमजोर


२६ असार २०८२, बिहिबार  

153
Shares

काठमाडौं । फिफा विश्व वरियतामा नेपाल पुरुष राष्ट्रिय फुटबल टिम एक स्थान पछाडि परेको छ।

विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको ताजा वरियतामा नेपाल १७६औं स्थानमा झरेको हो। गत जुनमा नेपालले हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको थियो भने त्यसै महिनामा एएफसी एसियन कप छनोटमा लाओससँग २–१ को हार बेहोरेको थियो। यी नतिजाहरूले नेपालको वरियतामा नकारात्मक असर पारेको देखिन्छ।

दक्षिण एसियाली फुटबल राष्ट्रहरूमा पनि समग्रमा वरियता घटेको छ। भारत ६ स्थान खस्कँदै १३३औं स्थानमा पुगेको छ भने माल्दिभ्स ७ स्थान तल झर्दै १७१औं स्थानमा पुगेको छ। नेपालभन्दा पछि रहेको बंगलादेश १८४औं स्थानमा छ, भुटान १८६औंमा र पाकिस्तान २०१औं स्थानमा पुगेको छ। यसबीच श्रीलंकाले भने सुधार गर्दै १९६औं स्थानमा स्थान बनाएको छ।

विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ। स्पेन दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा यथावत छन्। पोर्चुगल एक स्थान उक्लिएर छैटौं स्थानमा पुगेको छ भने नेदरल्याण्ड्स सातौं स्थानमा झरेको छ। बेल्जियम, जर्मनी र क्रोएसिया क्रमशः आठौं, नवौं र १०औं स्थानमा छन्।

एसियाली राष्ट्रहरूमा जापान अझै सबैभन्दा अगाडि रहेपनि २ स्थान तल झरेर १७औं स्थानमा पुगेको छ। इरान पनि समान रूपमा २ स्थान खस्दै २०औं स्थानमा झरेको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ४ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व