२९ चैत्र २०८२, आइतबार । April 13, 2026

टी–२० विश्वकप छनोट: नेपाल समूह २ मा, कुवेत र जापानसँग भिडन्त तय


२६ असार २०८२, बिहिबार  

189
Shares

काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगिता आगामी अक्टोबरमा ओमानमा हुँदैछ।

उक्त प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। समूह १ मा युएई, मलेसिया र कतार रहेका छन् भने समूह ३ मा आयोजक ओमान, पपुवा न्यूगिनी र सामोआ परेका छन्।

समूह चरणपछि प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। त्यसपछि सुपर सिक्स चरणको समाप्तिमा उत्कृष्ट तीन टोलीले सन् २०२6 को टी–२० विश्वकपमा स्थान बनाउनेछन्। छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म सञ्चालन हुनेछ।

१० दिनसम्म चल्ने यस महत्त्वपूर्ण प्रतियोगितामा नेपालसहित ओमान, युएई र पपुवा न्यूगिनीजस्ता टोलीहरू सामेल छन्, जसले अघिल्लो संस्करणहरूमा पनि टी–२० विश्वकप खेलिसकेका छन्।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ४ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व