२८ पुस २०८२, सोमबार । January 12, 2026

साफ यु–१७ महिला च्याम्पियनसिप: नेपालको पहिलो खेल भारतसँग



काठमाडौं । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमथाङ रंगशालामा आगामी अगस्ट २० देखि सुरु हुने साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक गरिएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार प्रतियोगिताको कार्यक्रम सार्वजनिक गरेको हो। चार राष्ट्र सहभागी हुने यस प्रतियोगिताको उद्घाटन खेलमै नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ। यो खेल दिउँसो ३ बजे हुनेछ भने त्यसै दिन साँझ ६ बजे आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

डबल राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। प्रतियोगिता आगामी अगस्ट ३१ सम्म सञ्चालन हुनेछ। तल्लो उमेर समूहको यो प्रतियोगिता यसपटक सातौं संस्करणमा प्रवेश गरेको हो। नेपालले अहिलेसम्म एक पटक मात्र उपाधि जितेको छ।

सन् २०२२ मा बंगलादेशमा सम्पन्न यु–१५ महिला च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको थियो। त्यस प्रतियोगितामा नेपाली टोलीले घरेलु टोली बंगलादेश र भुटानलाई पछि पार्दै उपाधि उचालेको थियो।

यसपटकको यु–१७ च्याम्पियनसिपमा नेपाली टोलीको प्रदर्शनप्रति फुटबल समर्थकहरूको विशेष चासो रहनेछ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले