२८ पुस २०८२, सोमबार । January 12, 2026

फिफा क्लब विश्वकप फाइनलमा पीएसजी, रियल मड्रिड ४–० ले पराजित



एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।

बुधबार सम्पन्न सेमिफाइनलमा स्पेनिस जायन्ट रियल मड्रिडलाई ४–० को ठुलो अन्तरले पराजित गर्दै पीएसजी उपाधिनजिक पुगेको हो। खेलको सुरुवाती २४ मिनेटमै पीएसजीले ३ गोल गर्दै रियल मड्रिडको डिफेन्स लाइन भत्काइदियो। छैटौं मिनेटमा फाबियन रुइसले पहिलो गोल गरे भने नवौं मिनेटमा ओस्मान डेम्बेलेले गोल थप्दै अग्रता दोब्बर बनाए।

त्यसपछि २४औं मिनेटमा रुइसले पुन: गोल गर्दै पीएसजीलाई सशक्त स्थिति बनाइदिए। खेलको अन्त्यतिर, ८७औं मिनेटमा गोनसालो रामोसले चौथो गोल थप्दै जित सुनिश्चित गरे। रियल मड्रिडका डिफेन्डरहरूबाट गरिएको गल्तीका कारण उनीहरूले सम्भावित गोलका अवसर खेर फाले।

पीएसजीका स्टार स्ट्राइकर किलियन एम्बाप्पे पहिलो रोजाइमा खेले पनि खासै प्रभाव जमाउन सकेनन्। रियल मड्रिडका अनुभवी मिडफिल्डर लुका मोड्रिचले ६४औं मिनेटमा मैदानमा प्रवेश गरे पनि खेलको गति परिवर्तन गर्न सकेनन्। अब पीएसजीले फाइनलमा इंग्लिस क्लब चेल्सीसँग उपाधिका लागि भिड्नेछ।

यो खेल आइतवार अमेरिकाको न्यू जर्सीमा आयोजना हुनेछ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत फाइनल खेलमा उपस्थित हुने चर्चा चलेको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ७ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले