२८ पुस २०८२, सोमबार । January 12, 2026

आजको मौसमः कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा



काठमाडौं । हाल नेपालभर मनसुनी वायुको सक्रियता देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य अवस्थाको आसपास तथा पश्चिमतर्फ केही उत्तरतिर अवस्थित रहेको छ, जसका कारण देशभर मनसुनी प्रभाव देखा परेको हो। बिहीबार दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यीमध्ये कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि छ।

बिहीबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सातै प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ। बाँकी क्षेत्रहरूमा पनि यस्तै प्रकारको मौसमको सम्भावना छ भने उच्च पहाडी र हिमाली भागमा हिमपातको जोखिम यथावत् रहेको जनाइएको छ।

महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन भनिएको छ। साथै, साना तथा ठूला नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय बस्तीहरू, सडक यातायात, कृषि, स्वास्थ्य, पर्यटन र हवाई उडानसमेत प्रभावित हुनसक्ने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ६ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले