४ असार २०८३, बिहिबार । June 18, 2026

तीन दिनसम्म बाढीको जोखिम : प्रमुख नदीहरूमा पानीको बहाव तीव्र रूपमा बढ्ने


२५ असार २०८२, बुधबार  

78
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर बाढीको सम्भावना बढ्दै गएको चेतावनी दिएको छ।

आज बिहान जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदी प्रणालीमा पानीको बहाव उल्लेखनीय रूपमा वृद्धि हुने देखिएको छ। विभागका अनुसार कोशी प्रदेशमा पर्ने सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशी नदीमा बहाव तीव्र हुने प्रक्षेपण गरिएको छ।

त्यस्तै, नारायणी बेसिनका त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी लगायतका नदीहरूमा पनि उल्लेख्य बहाव वृद्धि हुने अनुमान गरिएको छ। यसैगरी कर्णाली, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा समेत जलसतह उच्च हुने सम्भावना रहेको विभागको भनाइ छ।

हाल यिनीहरू सतर्कता तहभन्दा तल भए पनि निरन्तरको वर्षाका कारण कुनै पनि बेला खतरा तह पार गर्ने अवस्था सिर्जना हुन सक्ने जनाइएको छ। विभागले साना नदी तथा खोलाहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यका, कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्यूठान, अर्घाखाँची र रुपन्देही जिल्लामा बाढीको सम्भावना बढी देखिएको छ।

सुदूरपश्चिम र कर्णालीका धेरैजसो जिल्लाहरूका साथै लुम्बिनी, गण्डकी र कोशी प्रदेशका अन्य धेरै भागमा मध्यम स्तरको जोखिम रहने विभागले जनाएको छ।

नदी तटीय क्षेत्र, खोला किनार र पहिरो संभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न, पूर्वतयारी गर्न, र यात्रा गर्दा बाटोको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न विभागले विशेष अनुरोध गरेको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा