२७ पुस २०८२, आइतबार । January 12, 2026

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको तयारी : पहिलो चरणका ३ टावर आइपुगे



काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट जडानका लागि प्रारम्भिक चरणको काम तीव्र गतिमा अगाडि बढेको छ।

भारतबाट मगाइएका पहिलो लटका ३ वटा टावर मध्यरातदेखि बिहानको कुनै समयमा काठमाडौं आइपुगेका छन्। फ्लडलाइट जडानको जिम्मा लिएको कम्पनीका प्रोजेक्ट म्यानेजर सौरभ साहका अनुसार, यी टावरहरू हाल त्रिवि मैदानको बाहिरी भागमा राखिएका छन्। अब दोस्रो चरणमा थप ३ वटा टावर आइपुग्ने तयारी भइरहेको छ।

साहका अनुसार टावरमा जडान गरिने लाइटहरू भने युरोपेली देशहरूमध्ये कुनै एकबाट आयात गरिनेछ। हाल कुन देशबाट लाइट ल्याइने भन्ने पक्का नभए पनि, प्राविधिक परीक्षण र प्रक्रिया पुरा भएपछि मात्र लाइट नेपाल पठाइनेछ। लाइट आइपुग्न झण्डै ३ देखि ४ हप्ता लाग्ने अनुमान गरिएको छ।

मैदानको फ्लडलाइट बेस निर्माणको काम सम्पन्न भइसकेको आयोजनाका इञ्जिनियरहरूले जनाएका छन्। प्यारापिटतर्फ सिट जडानको काम भने हाल जारी छ। मैदान स्तरोन्नति परियोजनाका प्रमुख चक्रवर्ती कण्ठले हालसम्मको प्रगतिबारे छिट्टै विस्तृत रिपोर्ट सार्वजनिक गरिने जानकारी दिएका छन्।

यो आयोजनाले नेपाली क्रिकेटमा रात्री खेल सञ्चालनको ढोका खोल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले