२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

फिफा क्लब विश्वकप: पेड्रोको दुई गोल, चेल्सी फाइनलमा



एजेन्सी । यस सिजन चेल्सीमा भर्खरै अनुबन्धित ब्राजिलियन युवा खेलाडी जोओ पेड्रोको उत्कृष्ट प्रदर्शनसँगै चेल्सीले फ्लुमिनेन्समाथि २–० को जित निकाल्दै फिफा क्लब विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको मेटलाइफ स्टेडियममा सम्पन्न खेलमा पेड्रोले खेलको १८औं र ५६औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। फ्लुमिनेन्सले पनि केही सम्भावना बनाएको भए पनि गोल गर्न असफल रह्यो। उल्लेखनीय कुरा के हो भने, पेड्रो अघिल्लो सिजन ब्राइटनमा थिए र यसै सिजन चेल्सी आएका हुन्।

अझ रोचक कुरा त, उनले यसअघि फ्लुमिनेन्समै खेलेका थिए, त्यसैले गोल गरे पनि उनले उत्सव मनाएनन्। चेल्सीको लागि यो उनको मात्र दोस्रो खेल हो, तर उनले आफ्नो प्रभावशाली सुरुवात गरेका छन्। अब चेल्सीले फाइनलमा रियल मड्रिड र पेरिस सेन्ट जर्मेन (पीएसजी)बीचको विजेतासँग उपाधिका लागि भिडन्त गर्नेछ।

रियल र पीएसजीबीचको खेल आज राति हुँदैछ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको