१ कार्तिक २०८३, आइतबार । October 18, 2026

धुन्चे–स्याफ्रुबेसी सडक पहिरोले अवरुद्ध


२५ असार २०८२, बुधबार  

15
Shares

रसुवा । रसुवाको धुन्चे–स्याफ्रुबेसी सडकखण्ड पुनः पहिरोको चपेटामा परेको छ।

ठूलो भार्खु भन्ने स्थानमा मंगलबार बिहानै आएको पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो। प्रहरी तथा सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको भए पनि लगातार पहिरो झरिरहेकाले सडक खुलाउन समय लाग्ने जनाएको छ। त्यसैगरी, तिब्बततर्फ बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले स्याफ्रुबेसी–रसुवागढी सडक खण्डसमेत क्षतिग्रस्त बनाएको छ।

बाढी र पहिरोका कारण हालसम्म ९ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता रहेका छन्। बाढीले पुल, सडक, भन्सार कार्यालय, मालवाहक र निजी सवारी साधनहरूमा ठूलो क्षति पुर्याएको छ। सडक संरचना भत्किएको कारण उद्धार तथा राहत कार्यमा कठिनाइ भइरहेको सुरक्षाकर्मीहरूले जनाएका छन्।

प्राकृतिक प्रकोपले लगातार असर पारिरहेको रसुवा जिल्लामा जनधनको क्षति बढ्न नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायलाई अझ सतर्कता अपनाउनुपर्ने देखिएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि