४ श्रावण २०८३, सोमबार । July 20, 2026

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली


२३ असार २०८२, सोमबार  

72
Shares

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।

टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूले स्वागत गरे। एन्फाका महासचिव किरण राई र प्रवक्ता सुरेश शाहले टोलीलाई स्वागत गर्दै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रूपमा स्वदेश फर्किएकोमा गर्व व्यक्त गरे। महासचिव राईले पेनाल्टी सुटआउटमा मात्र पराजित भएपछि एशियन कपमा पुग्न नसक्नु दुःखद भएको बताए।

यस पटकको छनोट प्रतियोगितामा कप्तानीको जिम्मेवारी पाएकी सावित्रा भण्डारी ‘साम्बा’ ले अवसरको राम्रो सदुपयोग भएको बताइन्। “हामी दुई गोलले पछि परेको अवस्थामा पनि गोल फर्कायौं, त्यो ५०-५० चान्स थियो जहाँ हामी चुकेका थियौं,” उनले भनिन्, “कोचिङ स्टाफ र बेन्चबाट निरन्तर हौसला मिलिरहेको थियो।”

उनले थपे, “समग्रमा हेर्दा हामीले उच्च स्तरका टोलीसँग खेलेर धेरै सिक्ने अवसर पायौं। प्रशिक्षकले पनि फरक तरिकाले हामीलाई मोटिभेट गर्नुभएको थियो।” हालै टिमको नेतृत्व गरेका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड भने नेपाली टोलीसँग फर्केका छैनन्। एन्फाका अनुसार उनी उज्बेकिस्तानबाट सिधै आफ्नो देश बेल्जियम गएका छन्।

छनोटको समूह ‘एफ’ मा नेपालले सुरुवाती दुई खेलमा लाओसलाई ९-० र श्रीलंकालाई ८-० ले पराजित गर्दै सशक्त प्रदर्शन गरेको थियो। तर निर्णायक तेस्रो खेलमा घरेलु टोली उज्बेकिस्तानसँग ३-३ को बराबरीपछि भएको पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाली टोलीको एशियन कप यात्रा यतै टुंगिएको हो।

पेनाल्टी हारका बाबजुद बलियो प्रतिद्वन्द्वीविरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट खेल बराबरीमा ल्याउनु नेपाली महिला टोलीको साहसिक प्रयासको परिचायक मानिएको छ। प्रशिक्षक वाइल्डले पनि खेलाडीहरूको प्रदर्शन प्रति गर्व व्यक्त गर्दै उनीहरूमा उज्ज्वल भविष्य रहेको बताए।

यस छनोटबाट एशियन कपमा स्थान बनाउँदै उज्बेकिस्तानले फिफा महिला विश्वकप र ओलम्पिकको छनोटका लागि ढोका खोलेको छ। नेपाली टोलीका लागि भने तीनै प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका बन्द भएको छ।

यसपालिको छनोटमा अघिल्लो कप्तान तथा पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा भने मैदानमा देखिन पाइएनन्। उनको स्थानमा अन्जना राना मगरले तीनै खेलमा पोष्ट सम्हाल्दै राम्रो प्रदर्शन गरिन्।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर