२९ चैत्र २०८२, आइतबार । April 13, 2026

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता


२३ असार २०८२, सोमबार  

66
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले कम्तीमा ७८ जनाको ज्यान लिएको छ भने ४१ जना अझै पनि बेपत्ता छन्।

मृतकमध्ये ६८ जना केअर काउन्टीका बासिन्दा थिए, जसमा २८ बालबालिका परेका छन्। यस काउन्टीमा रहेको एक लोकप्रिय क्रिश्चियन बालिका शिविर ‘क्याम्प मिस्टिक’ नदीको किनारमै रहेकाले पूर्ण रूपमा बाढीले डुबाएको थियो। क्याम्पमा रहेका १० बालिका र एक सल्लाहकार अझै पनि हराइरहेका छन्। घटनाको भयावहता यसैबाट अनुमान गर्न सकिन्छ कि अधिकांश शिविरार्थीहरू सुतिरहेको समयमा जलस्तर केवल ४५ मिनेटमा ८ मिटरले बढेको थियो।

अधिकारिहरूले मृत्युको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्, विशेषतः आगामी २४–४८ घण्टासम्म थप वर्षाको सम्भावना रहेकाले उद्धार कार्यमा कठिनाइ सिर्जना हुने देखिन्छ। उद्धार टोलीहरू अहिले हिलो र भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन्, जहाँ विषालु सर्पहरू पनि चुनौतीका रूपमा देखा परेका छन्।

बाढीको तीन दिनपछि, टेक्सासको हालको इतिहासमा यो सबैभन्दा ठूलो खोजी तथा उद्धार प्रयास मानिएको छ, जुन अहिले शव संकलन अभियानमा रूपान्तरित हुँदै गएको छ। केअर काउन्टीमा फेला परेका १८ वयस्क र १० बालबालिकाको अझै औपचारिक पहिचान हुन बाँकी छ।

टेक्सासका गभर्नर ग्रेग एबोटले आइतबार उद्धार टोलीहरूलाई हरेक बेपत्ता व्यक्तिको खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। खोज तथा उद्धारको केन्द्र अहिले ग्वाडालुपे नदी किनारमा रहेको शिविरमै केन्द्रित गरिएको छ, जहाँ सबैभन्दा बढी क्षति पुगेको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व