२९ चैत्र २०८२, आइतबार । April 13, 2026

यू-१६ इस्ट जोन कपको उपाधिसहित नेपाली टोली स्वदेश फर्कियो


२३ असार २०८२, सोमबार  

30
Shares

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि हात पारेर नेपाली क्रिकेट टोली आइतबार साँझ स्वदेश फर्किएको छ।

विजयी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचन लगायतले स्वागत गरे। शनिबार सम्पन्न फाइनल खेलमा सिंगापुरमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले उपाधि उचालेको थियो। प्रतियोगिताभर अपराजित रहँदै नेपालले विजयी अभियान पूरा गरेको हो।

नेपालले यसअघि सन् २०२३ मा भएको यू-१६ इस्ट जोन कपको पनि उपाधि जितेको थियो। त्यसैगरी, एसीसीले यसअघि “यू-१६ इस्टर्न रिजन” शीर्षकमा आयोजना गर्दै आएको संस्करणमा नेपालले सन् २०१७ र २०१९ मा लगातार उपाधि चुमेको थियो।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको यू-१६ टोलीले फेरि एकपटक नेपाली क्रिकेटको भविष्य उज्यालो रहेको सन्देश दिएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व