५ असार २०८३, शुक्रबार । June 19, 2026

देशभर मनसुनी प्रभाव : वर्षा, बाढी र पहिरोको जोखिम उच्च


२३ असार २०८२, सोमबार  

126
Shares

काठमाडौं । देशभर हाल सक्रिय रहेको मनसुनी वायुसँगै भारतको पश्चिम बंगाल क्षेत्रको न्यून चापीय प्रणालीको आंशिक असर पनि देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसले गर्दा मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै सक्रिय रहेको छ। महाशाखाका अनुसार आइतबार बिहानसम्म बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहँदा अन्य भू-भागहरूमा आंशिक बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। विशेषगरी सुदूरपश्चिमका धेरै स्थान, साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। मधेस प्रदेशका थोरै स्थानहरू पनि प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ।

साथै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भू-क्षय र गेग्रान बहावको उच्च जोखिम रहेको चेतावनी दिएको छ।

तराई तथा सहरी क्षेत्रहरूमा डुबानको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ। साथै, नदी, नाला तथा खोलामा पानीको सतह बढ्न सक्ने, र त्यसको असरले यातायात, कृषि, स्वास्थ्य, पर्यटन तथा निर्माण कार्य प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी र सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा