२२ माघ २०८२, बुधबार । February 4, 2026

हिमाचलमा विपद्ः ७५ जनाको मृत्यु, २ सय ८० भन्दा बढीको मृत्यु



एजेन्सी । हिमाचल प्रदेशको चम्बा र मन्डी जिल्लामा भीषण वर्षासँगै बादल फाट्ने घटनाले ठूलो क्षति पुर्‍याएको छ।

चम्बाको काङ्गेला नालामा रहेको पुल बगाउँदा यातायात सम्पर्क अवरुद्ध भएको छ भने मन्डी जिल्लाको चौहर उपत्यकामा एक सवारी पुलसहित तीनवटा पैदल पुल बगेका छन्। २० जुनमा मनसुन प्रवेश गरेपछि हालसम्म (जुलाई ४) हिमाचलमा बाढी र पहिरोका कारण ७५ जनाको ज्यान गएको छ र २८८ जना घाइते भएका छन्।

बढी क्षति मन्डी जिल्लामा भएको छ, जहाँ बादल फाट्दा १४ जनाको ज्यान गएको र अझै ३१ जना बेपत्ता रहेका छन्। आइतबार पनि राज्यभरि भारी वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रेड अलर्ट जारी गरिएको छ। त्यसैगरी, झारखण्डमा शनिबारको भारी वर्षाले पनि विपत्तिपूर्ण स्थिति निम्त्याएको छ।

रामगढ जिल्लाको महुआ टाङ्ग्रीमा रहेको एक अवैध कोइला खानी भत्किँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सोमबार बिहानसम्म त्यहाँ भारी वर्षाको चेतावनी कायम रहनेछ। मध्य प्रदेशमा पनि वर्षाको प्रभाव तीव्र बनेको छ। बलियो वर्षा प्रणाली सक्रिय रहेकाले बाढीको अवस्था सिर्जना भएको छ। मण्डला जिल्लामा नर्मदा नदी उर्लिन थालेको छ र नरसिंहपुर–होशंगाबाद जोड्ने राष्ट्रिय राजमार्गको पुल पनि भत्किएको छ।

बिहारमा समेत वर्षाले सताउन थालेको छ। आइतबार १८ जिल्लामा हल्कादेखि मध्यम वर्षाको सम्भावनासहित पहेँलो अलर्ट जारी गरिएको छ। शनिबार मुंगेरको अररियामा भारी वर्षा भएको थियो। सासाराममा चट्याङ लाग्दा दुई महिलाको ज्यान गएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १२ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल