२९ चैत्र २०८२, आइतबार । April 13, 2026

एमबाप्पेको निर्णायक गोलसँगै रियल मड्रिड क्लब विश्वकप सेमिफाइनलमा


२२ असार २०८२, आइतबार  

258
Shares

एजेन्सी । स्पेनिस जायन्ट रियल मड्रिडले फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

सोमबार राति सम्पन्न खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियलले अन्तिम चारमा प्रवेश गरेको हो। रियल मड्रिडले खेलको सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो। १०औं मिनेटमा गोंजालो गार्सियाले गोल गर्दै सुरुआती अग्रता दिलाए भने, २०औं मिनेटमा फ्रान गार्सियाले थप गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–० को अवस्थामा पुगेको रियल मड्रिड सहज जिततर्फ अघि बढिरहेको देखिएको थियो। दोस्रो हाफको इन्जुरी समय प्रवेश गर्नेबित्तिकै खेलमा नयाँ मोड आयो। इन्जुरी समयको दोस्रो मिनेटमा डर्टमुन्डका मेक्सिमिलियन बेइयरले गोल गर्दै अन्तर घटाए। तर त्यसको दुई मिनेटमै रियलका सुपरस्टार किलियन एमबाप्पेले उत्कृष्ट गोल गर्दै टिमको अग्रता फेरि फराकिलो बनाए।

इन्जुरी समयको पाँचौं मिनेटमा रियलका डेयान हुयिसेनले रातो कार्ड पाउँदै मैदान छाडेपछि रियल १० खेलाडीमा सीमित रह्यो। त्यसको तीन मिनेटपछि सर्हो गुइरासीले पेनाल्टीमार्फत डर्टमुन्डका लागि दोस्रो गोल फर्काए तर समय अभावले खेल बराबरीमा पुग्न सकेन।

अब सेमिफाइनलमा रियल मड्रिडको प्रतिद्वन्द्वी फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) हुनेछ। दुई युरोपेली दिग्गजबीचको यो भिडन्त क्लब विश्वकपको सबैभन्दा बहुप्रतीक्षित खेलमध्ये एक बन्ने निश्चित छ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व