३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

तुहियो नेपालको एसियन कप खेल्ने सपना ! उज्बेकिस्तानसँग टाइब्रेकरमा चुक्यो


२२ असार २०८२, आइतबार  

66
Shares

काठमाडौं । नेपालको महिला फुटबल टोली एएफसी महिला एसियन कपको छनोट चरणको नजिक पुगेपनि अन्ततः टाइब्रेकरमा उज्बेकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

शनिबार समूह ‘एफ’ अन्तर्गतको निर्णायक खेलमा निर्धारित ९० मिनेटको समयसम्म ३–३ को रोमाञ्चक बराबरीपछि टाइब्रेकरमा पुगेको खेलमा नेपाल ४–२ ले पराजित भयो। पेनाल्टी सुटआउटमा नेपालको तर्फबाट गीता राना र सबिता रानामगरले सफल प्रहार गरे भने, स्टार स्ट्राइकर सावित्रा भण्डारीको प्रहार बारमा लाग्दै गोल हुन सकेन। गोलकिपर अञ्जना रानामगरको प्रहारलाई विपक्षी गोलरक्षकले उत्कृष्ट रुपमा रोकिदिइन्।

उता उज्बेकिस्तानका लागि माफ्तुना शोयीमोभा, नोजिमाखोन एर्गाशेभा, मादिना खिमातोभा र सेभिन्च कुचकोरोभाले चारवटै पेनाल्टीमा गोल गर्दै टाइब्रेकरमा आफ्नो देशलाई विजयी बनाए।

खेलको कथा :

उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमै गोल गर्दै आक्रमणको सुरुवात गर्‍यो। ११औं मिनेटमा कप्तानको प्रयास डिफेन्डर समीक्षा घिमिरेमा लागेर डिफ्लेक्ट भई गोल हुन पुग्दा अग्रता दोब्बर भयो। २४औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत दिइन्। तर, ३९औं मिनेटमा माफ्तुना शोयीमोभाले पेनाल्टीमार्फत गोल गर्दै उज्बेकिस्तानको अग्रता पुनः फराकिलो बनाइन्।

पहिलो हाफको इन्जुरी समयमा उज्बेक खेलाडी एन. एर्गासेभाले दोस्रो पहेँलो कार्ड पाउँदै रातो कार्डको सामना गर्नुपरेपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रह्यो। नेपालले ३०औं मिनेटमा डिफेन्डर निशा थोकरको स्थानमा प्रीति राईलाई मैदानमा उतारेको थियो।

दोस्रो हाफमा सावित्रा भण्डारीले आफ्नो कौशल देखाउँदै ७०औं र ७१औं मिनेटमा लगातार दुई गोल गरिन् र नेपाललाई पुनः प्रतिस्पर्धामा फर्काइन्। तर निर्धारित समयपछि कुनै टिमले थप गोल गर्न नसक्दा खेल पेनाल्टीमा पुगेको हो।

यस पराजयसँगै नेपालले न केवल एसियन कपको यात्रा टुंग्यायो, तर सम्भावित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर पनि गुमाएको छ। निर्णायक क्षणमा चुक्दा नेपाली टोलीले नजिक पुगेर पनि लक्ष्य गुमाउनु पर्‍यो।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि