२९ चैत्र २०८२, आइतबार । April 13, 2026

तुहियो नेपालको एसियन कप खेल्ने सपना ! उज्बेकिस्तानसँग टाइब्रेकरमा चुक्यो


२२ असार २०८२, आइतबार  

66
Shares

काठमाडौं । नेपालको महिला फुटबल टोली एएफसी महिला एसियन कपको छनोट चरणको नजिक पुगेपनि अन्ततः टाइब्रेकरमा उज्बेकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

शनिबार समूह ‘एफ’ अन्तर्गतको निर्णायक खेलमा निर्धारित ९० मिनेटको समयसम्म ३–३ को रोमाञ्चक बराबरीपछि टाइब्रेकरमा पुगेको खेलमा नेपाल ४–२ ले पराजित भयो। पेनाल्टी सुटआउटमा नेपालको तर्फबाट गीता राना र सबिता रानामगरले सफल प्रहार गरे भने, स्टार स्ट्राइकर सावित्रा भण्डारीको प्रहार बारमा लाग्दै गोल हुन सकेन। गोलकिपर अञ्जना रानामगरको प्रहारलाई विपक्षी गोलरक्षकले उत्कृष्ट रुपमा रोकिदिइन्।

उता उज्बेकिस्तानका लागि माफ्तुना शोयीमोभा, नोजिमाखोन एर्गाशेभा, मादिना खिमातोभा र सेभिन्च कुचकोरोभाले चारवटै पेनाल्टीमा गोल गर्दै टाइब्रेकरमा आफ्नो देशलाई विजयी बनाए।

खेलको कथा :

उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमै गोल गर्दै आक्रमणको सुरुवात गर्‍यो। ११औं मिनेटमा कप्तानको प्रयास डिफेन्डर समीक्षा घिमिरेमा लागेर डिफ्लेक्ट भई गोल हुन पुग्दा अग्रता दोब्बर भयो। २४औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत दिइन्। तर, ३९औं मिनेटमा माफ्तुना शोयीमोभाले पेनाल्टीमार्फत गोल गर्दै उज्बेकिस्तानको अग्रता पुनः फराकिलो बनाइन्।

पहिलो हाफको इन्जुरी समयमा उज्बेक खेलाडी एन. एर्गासेभाले दोस्रो पहेँलो कार्ड पाउँदै रातो कार्डको सामना गर्नुपरेपछि उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित रह्यो। नेपालले ३०औं मिनेटमा डिफेन्डर निशा थोकरको स्थानमा प्रीति राईलाई मैदानमा उतारेको थियो।

दोस्रो हाफमा सावित्रा भण्डारीले आफ्नो कौशल देखाउँदै ७०औं र ७१औं मिनेटमा लगातार दुई गोल गरिन् र नेपाललाई पुनः प्रतिस्पर्धामा फर्काइन्। तर निर्धारित समयपछि कुनै टिमले थप गोल गर्न नसक्दा खेल पेनाल्टीमा पुगेको हो।

यस पराजयसँगै नेपालले न केवल एसियन कपको यात्रा टुंग्यायो, तर सम्भावित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर पनि गुमाएको छ। निर्णायक क्षणमा चुक्दा नेपाली टोलीले नजिक पुगेर पनि लक्ष्य गुमाउनु पर्‍यो।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व