३१ आश्विन २०८३, शनिबार । October 18, 2026

यु–१६ इस्ट जोन कप: रौनक उत्कृष्ट खेलाडी, विपिन उत्कृष्ट बलर


२१ असार २०८२, शनिबार  

150
Shares

काठमाडौं । मलेसियाको युकेएम वाइएसटी ओभलमा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार प्रदर्शन गर्दै न केवल उपाधि जित्यो, तर व्यक्तिगत विधातर्फका सम्पूर्ण पुरस्कार समेत आफ्नै पोल्टामा पार्न सफल भयो।

फाइनल खेलमा सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जित्दा खेलको प्लेयर अफ द म्याच अभय यादव बने। उनले खेलको २९ औँ ओभरको अन्तिम बलमा सानदार छक्का हिर्काउँदै टिमलाई जित दिलाएका थिए। साथै, उनले बलिङमा पनि योगदान दिंदै ३ विकेट लिएका थिए।

समग्र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) को उपाधि रौनक श्रीवास्तवले प्राप्त गरे। उनले एक शतक र एक अर्धशतकसहित कुल २९६ रन बनाएका छन्। इन्डोनेसियाविरुद्ध ८८ रनको पारी खेलेका रौनकले भुटानविरुद्ध १६८ रनको ऐतिहासिक पारी खेलेका थिए, जुन नेपाली यू–१६ टोलीका लागि अहिलेसम्मकै सर्वाधिक व्यक्तिगत स्कोर हो। यिनै प्रदर्शनका आधारमा रौनकलाई उत्कृष्ट ब्याटर पनि घोषित गरिएको हो।

त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट बलरको उपाधि नेपालका कप्तान विपिन प्रसाद शर्माले जिते। उनले प्रतियोगिताका ६ खेलमा कुल १७ विकेट लिँदै टिमको सफलतामा महत्वपूर्ण भूमिका खेले।

नेपालका अन्य खेलाडीहरुले पनि प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई अपराजित यात्रामा पुर्‍याए। व्यक्तिगत तथा सामूहिक दुवै तवरले नेपालले दिएको यो सन्देश भविष्यका लागि निकै आशाजनक देखिएको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि