२९ चैत्र २०८२, आइतबार । April 13, 2026

यू-१६ इस्ट जोन कप: उपाधि जित्न नेपाललाई ११४ रनको लक्ष्य


२१ असार २०८२, शनिबार  

114
Shares

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि भइरहेको फाइनल खेलमा नेपालले सिंगापुरलाई न्यून लक्ष्यमा रोक्न सफल भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा जम्मा ११३ रनमै अलआउट भएको हो । अब नेपाललाई उपाधि जित्न ११४ रन मात्र आवश्यक छ । सिंगापुरका लागि सबैभन्दा धेरै रन रोहन अस्टिनले बनाएका हुन् । उनले निकै धीमी तर टिकाउ पारी खेले– करिब ९० बल खेल्दै २३ रन जोडे । रिहान नाइकले १५ रनको योगदान दिए ।

नेपालका लागि बलिङतर्फ अभय यादव चम्किए । उनले १० ओभरमा ३४ रन खर्चिँदै ३ विकेट लिए । सुशिल बहादुर रावलले पनि ३ विकेट हात पारे । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए । नेपाल यस प्रतियोगितामा हालसम्म अपराजित रहँदै आएको छ । समूह चरणमा सिंगापुरलाई हराएको नेपालले सेमिफाइनलमा मलेसियालाई पराजित गरेको थियो । सिंगापुर भने नेपालसँग हार व्यहोरेपछि बाँकी सबै खेल जित्दै फाइनल पुगेको हो ।

आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेता नेपाल यो संस्करणमा पनि अपराजित यात्रा कायम राख्दै उपाधि रक्षा गर्ने रणनीतिमा छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व