२९ चैत्र २०८२, आइतबार । April 13, 2026

एनपीएल दोस्रो संस्करण: सन्दीपले विराटनगरबाटै खेल्ने


२१ असार २०८२, शनिबार  

150
Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा पनि विराटनगर किङ्सबाटै मैदान उत्रिने भएका छन् ।

विराटनगर फ्रेन्चाइजले शनिबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई ‘मार्की खेलाडी’को रूपमा टिममा रिटेन गरिएको जानकारी गराएको हो । सन्दीप पहिलो संस्करणमा पनि विराटनगरको कप्तान थिए । यद्यपि, टिमको प्रदर्शन भने सन्तोषजनक देखिएन । ८ टिम सहभागी उक्त सिजनमा विराटनगरले ७ खेलमध्ये २ खेलमा मात्र जित निकाल्दै सातौं स्थानमा सन्तोष मान्नु परेको थियो ।

गत सिजन विराटनगरबाट लोकेश बम, बसिर अहमद, कमल खत्री, दिपक बोहरा, सुवास भण्डारी, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, प्रतिश जीसी र नरेन भट्ट मैदान उत्रिएका थिए । तीमध्ये ६ खेलाडीलाई यसपटक पुनः रिटेन गरिने तयारी छ ।

एनपीएलको नियमअनुसार फ्रेन्चाइजहरूले एक जना मार्की खेलाडीसहित कुल ७ खेलाडीलाई रिटेन गर्न पाउने व्यवस्था छ । बाँकी टिम निर्माणका लागि आगामी अगस्टमा ‘मिनी अक्सन’ आयोजना हुने तय भएको छ ।

सन्दीपको पुनरागमनसँगै विराटनगर किङ्स यसपटक बलियो उपस्थितिका साथ पुनरागमन गर्ने तयारीमा देखिएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व