२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एसियन कप छनोट: निर्णायक खेलमा उज्बेकिस्तानसँग भिड्दै नेपाल



काठमाडौं । एएफसी महिला एसियन कप छनोटको समूह एफ अन्तर्गतको अन्तिम खेलमा आज नेपाल र उज्बेकिस्तानबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

तास्केन्तस्थित मिल्ली स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुने खेल समूह विजेता बन्ने तथा आगामी वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा स्थान सुरक्षित गर्ने निर्णायक मौका हुनेछ । समूह चरणमा दुवै टोली अपराजित छन् । नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको छ भने, उज्बेकिस्तानले श्रीलंकालाई १०–० र लाओसलाई ७–० को फराकिलो जित दर्ता गरेको छ । दुवैले समान ६ अंक, १७ गोल र गोलअन्तर बनाएका छन् ।

अझ रोचक त के छ भने— दुवैले अहिलेसम्म एकपटक पनि गोल खानु परेको छैन । यी तथ्यांकले स्पष्ट देखाउँछ कि आजको खेल बराबरीमा सकिएमा नतिजा पेनाल्टी सुटआउटमार्फत टुंग्याइनेछ । प्रतियोगिता नियम अनुसार यस्तो अवस्थामा टाईब्रेकरको सहारा लिइनेछ ।

नेपालका लागि यो खेल विशेष महत्वको छ । यदि नेपाल विजयी हुन्छ भने, २६ वर्षपछि (पछिल्लो पटक सन् १९९९ मा सहभागी) महिला एसियन कपमा पुन: सहभागिता जनाउने ऐतिहासिक अवसर हुनेछ । यता, उज्बेकिस्तानले सन् २००३ पछि एसियन कप खेलेको छैन ।

साथै, यो प्रतियोगिता फिफा महिला विश्वकप र ओलम्पिक फुटबलको छनोट प्रक्रिया समेत भएकाले आजको भिडन्त दुवै टोलीको भविष्य निर्धारण गर्ने चरणमा पुगेको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको