२८ पुस २०८२, सोमबार । January 13, 2026

फिफा क्लब विश्वकप: पाल्मेइरासलाई हराउँदै चेल्सी सेमिफाइनलमा



एजेन्सी । इंग्लिस प्रिमियर लिगको दिग्गज क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।

शनिबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा ब्राजिलियन क्लब पाल्मेइरासलाई २–१ को रोमाञ्चक नतिजासहित हराउँदै चेल्सी अन्तिम चारमा पुगेको हो। खेलको सुरुआती चरणमै चेल्सीले आक्रामक रणनीति अपनायो। १६औं मिनेटमा कोल पाल्मरले गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफ चेल्सीको पकडमा रह्यो।

तर दोस्रो हाफको ५३औं मिनेटमा पाल्मेइरासका एस्तिभाओले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। खेल निर्धारित समयमा बराबरीमै टुंगिने संकेत दिइरहँदा, ८३औं मिनेटमा पाल्मेइरासका वेभर्टनले आत्मघाती गोल गरेपछि चेल्सीले फेरि अग्रता कायम गर्‍यो। त्यसपछिका प्रयासहरूबाट थप गोल हुन नसक्दा चेल्सीले २–१ को जीत हात पार्‍यो।

अब सेमिफाइनलमा चेल्सीको भिडन्त ब्राजिलियन क्लब फ्लुमिनेससँग हुने निश्चित भएको छ। खेल उच्च प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले