२९ चैत्र २०८२, आइतबार । April 13, 2026

टेक्सासमा भीषण बाढी : १३ जनाको मृत्यु, २० भन्दा बढी बालिका बेपत्ता


२१ असार २०८२, शनिबार  

84
Shares

एजेन्सी । दक्षिण–मध्य टेक्सासको ग्वाडालुप नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

मुसलधारे वर्षापछि अचानक आएको बाढीले कम्तीमा १३ जनाको ज्यान लिएको छ भने एक ग्रीष्मकालीन शिविरबाट २० भन्दा बढी बालिकाहरू बेपत्ता भएका छन्। स्थानीय समय अनुसार बिहीबार बिहान टेक्सासको केर काउन्टीमा भारी वर्षासँगै आएको बाढीले क्षेत्रलाई तहसनहस बनाएको हो। अमेरिकी राष्ट्रिय मौसम सेवाले केर काउन्टीका केही भागमा आपत्कालीन बाढीको अवस्था घोषणा गरेको छ। सान एन्टोनियोबाट झन्डै १०५ किलोमिटर उत्तरपश्चिममा पर्ने यस क्षेत्रमा एकै रात २५०–३०० मिमि वर्षा भएको थियो।

केरभिलका सहर प्रबन्धक डाल्टन राइसले बताएअनुसार बाढी अत्यन्तै छिटो र चेतावनी बिना आएको थियो। “यो सब दुई घण्टाभित्रै भयो र पूर्वानुमान गर्न असम्भवजस्तै थियो,” उनले भने। टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिकले जानकारी दिँदै ७०० बालबालिका रहेको शिविरमा २३ जना बालिकाहरू बेपत्ता भएको बताए। “यसको अर्थ उनीहरू गुमाए भन्ने होइन, केही रुखमा अड्केका हुन सक्छन्, सम्पर्कमा नआएका हुन सक्छन्,” प्याट्रिकले स्पष्ट पारे।

शेरिफ ल्यारी लिथाका अनुसार बाढीबाट हालसम्म १३ जनाको मृत्यु पुष्टि भइसकेको छ। ग्वाडालुप नदीमा पानीको सतह एक्कासी बढेपछि उद्धार कार्य सुरु गरिएको थियो। उद्धार टोलीले दर्जनौँ जनालाई सुरक्षीतरूपमा बचाएका छन् भने बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र पारिएको छ।

स्थानीय प्रशासनले क्षेत्रबासीहरूलाई सतर्क रहन र आवश्यक परेको खण्डमा सुरक्षित स्थानमा सारिन आग्रह गरेको छ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व