२८ पुस २०८२, सोमबार । January 13, 2026

देशभर बाढीको जोखिम: साना नदीहरूको बहाव तीव्र, सतर्कता अपनाउन आग्रह



काठमाडौं । देशका प्रमुख नदीहरू—कोसी, महाकाली, कमला, बागमती, पूर्वी र पश्चिम राप्ती, बबई र कन्काई—हाल सतर्कता तहभन्दा तलको बहावमा छन्।

तर, नारायणी र कर्णाली जलाधारका केही जलमापन केन्द्रहरूमा भने जलसतह लगातार बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको सूचना अनुसार संखुवासभा, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट वहने ससाना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।

यस्तै, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यका, धादिङ, गोरखा, लमजुङ, पर्वत, पाल्पा, जाजरकोट, बाजुरा, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्लाहरूको नदीहरूमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना छ। साथै, इलाम, झापा, मोरङ, ताप्लेजुङ, रोल्पा, दैलेख, रुकुम (पूर्व–पश्चिम), सल्यान, अछाम, कालिकोट, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरूमा बहने ससाना नदीहरूको बहाव बढ्न सक्ने अनुमान गरिएको छ।

यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि बाढीको सम्भावित जोखिम रहेका क्षेत्रका नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “जलसतह बढ्ने अनुमान भएका क्षेत्रमा बसोबास गर्ने सबैले सतर्कता अपनाउनुहोला।”

बाढी महाशाखाले नागरिकहरूलाई मौसम तथा नदी बहावसम्बन्धी अद्यावधिक जानकारीका लागि सरकारी सूचनामार्फत नियमित निगरानी गर्न सुझाव दिएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले