६ कार्तिक २०८३, शुक्रबार । October 23, 2026

जोटाको २० नम्बर जर्सीलाई लिभरपुलले अवकाश दिने


२० असार २०८२, शुक्रबार  

228
Shares

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले दिवंगत पोर्चुगिज स्ट्राइकर डियोगो जोटाको सम्झनामा उनको नम्बर २० जर्सी सधैंका लागि अवकाश गर्ने निर्णय गरेको छ।

अबदेखि यो नम्बर कुनै पनि खेलाडीले प्रयोग गर्न नपाउनेछ। क्लब इतिहासमा यो पहिलोपटक हो, जब कुनै खेलाडीको सम्मानमा जर्सी नम्बर अवकाश गरिएको हो। क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “२०२४–२५ सिजनमा लिभरपुललाई उसको २०औं प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका जोटाको योगदानको स्मृतिमा यो निर्णय लिइएको हो।”

गत अप्रिलमा भएको मर्सीसाइड डर्बीमा कोप स्ट्यान्ड अगाडि उनले गरेको गोल नै उनको अन्तिम गोल बनेको थियो। त्यो क्षण क्लब र समर्थकहरूका लागि आज पनि भावनात्मक स्मरण बनेर बाँकी छ। २८ वर्षीय जोटा र उनका भाइ आन्द्रे सिल्भाको स्पेनमा भएको कार दुर्घटनामा मृत्यु भएपछि विश्व फुटबल समुदाय शोकमा डुबेको छ।

चम्किलो यात्राको समाप्ति

पोर्चुगलको सानो सहर गोन्डोमारबाट फुटबल यात्रा सुरु गरेका जोटाले पासोस डे फेरेराको यूथ एकेडेमी हुँदै आफ्नो प्रतिभा देखाउन थाले। सन् २०१६ मा एट्लेटिको मड्रिड पुगेपछि उनी पोर्टोमा लोनमा गएका थिए। त्यसपछि वुल्भ्स हुँदै उनी लिभरपुलको जर्सीमा देखा परे।

लिभरपुलमा रहँदा उनले एफए कप, लिग कपसहित सन् २०२४/२५ सिजनको बहुप्रतीक्षित प्रिमियर लिग उपाधि जित्न मद्दत गरे। राष्ट्रिय टोली पोर्चुगलका लागि उनले सन् २०१९ र २०२५ को युएफा नेसन्स लिग पनि जितेका थिए।

उनको असामयिक निधनले लिभरपुल मात्र होइन, सम्पूर्ण फुटबल जगतलाई स्तब्ध बनाएको छ। उनको सम्झनामा गरिएका सम्मानहरू भावनात्मक र ऐतिहासिक बन्न पुगेका छन्।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ११ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि