२९ चैत्र २०८२, आइतबार । April 13, 2026

जोटाको २० नम्बर जर्सीलाई लिभरपुलले अवकाश दिने


२० असार २०८२, शुक्रबार  

228
Shares

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले दिवंगत पोर्चुगिज स्ट्राइकर डियोगो जोटाको सम्झनामा उनको नम्बर २० जर्सी सधैंका लागि अवकाश गर्ने निर्णय गरेको छ।

अबदेखि यो नम्बर कुनै पनि खेलाडीले प्रयोग गर्न नपाउनेछ। क्लब इतिहासमा यो पहिलोपटक हो, जब कुनै खेलाडीको सम्मानमा जर्सी नम्बर अवकाश गरिएको हो। क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “२०२४–२५ सिजनमा लिभरपुललाई उसको २०औं प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका जोटाको योगदानको स्मृतिमा यो निर्णय लिइएको हो।”

गत अप्रिलमा भएको मर्सीसाइड डर्बीमा कोप स्ट्यान्ड अगाडि उनले गरेको गोल नै उनको अन्तिम गोल बनेको थियो। त्यो क्षण क्लब र समर्थकहरूका लागि आज पनि भावनात्मक स्मरण बनेर बाँकी छ। २८ वर्षीय जोटा र उनका भाइ आन्द्रे सिल्भाको स्पेनमा भएको कार दुर्घटनामा मृत्यु भएपछि विश्व फुटबल समुदाय शोकमा डुबेको छ।

चम्किलो यात्राको समाप्ति

पोर्चुगलको सानो सहर गोन्डोमारबाट फुटबल यात्रा सुरु गरेका जोटाले पासोस डे फेरेराको यूथ एकेडेमी हुँदै आफ्नो प्रतिभा देखाउन थाले। सन् २०१६ मा एट्लेटिको मड्रिड पुगेपछि उनी पोर्टोमा लोनमा गएका थिए। त्यसपछि वुल्भ्स हुँदै उनी लिभरपुलको जर्सीमा देखा परे।

लिभरपुलमा रहँदा उनले एफए कप, लिग कपसहित सन् २०२४/२५ सिजनको बहुप्रतीक्षित प्रिमियर लिग उपाधि जित्न मद्दत गरे। राष्ट्रिय टोली पोर्चुगलका लागि उनले सन् २०१९ र २०२५ को युएफा नेसन्स लिग पनि जितेका थिए।

उनको असामयिक निधनले लिभरपुल मात्र होइन, सम्पूर्ण फुटबल जगतलाई स्तब्ध बनाएको छ। उनको सम्झनामा गरिएका सम्मानहरू भावनात्मक र ऐतिहासिक बन्न पुगेका छन्।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ११ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व