२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित


२० असार २०८२, शुक्रबार  

27
Shares

काठमाडौं । बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज, पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट यो वर्ष १३७ जना विद्यार्थी दीक्षित भएका छन् ।

सातौँ दीक्षान्त समारोहमा क्याम्पसका बी.एस.सी कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ र बि.बि.ए अध्ययन गरेका १३७ विद्यार्थी दीक्षित भएका हुन् । दीक्षान्त समारोहमा बोल्दै क्याम्पसका अध्यक्ष ई. पंकज जालानले भने, ‘कलेज सकेर बाहिर निस्किएपछि प्रत्येक विद्यार्थीले आफू, परिवार र राज्यप्रतिको जिम्मेवारी थपिएको महसुस गर्नुहोला । स्वदेशमै प्रशस्त अवसर छ, सम्भावनाको ढोका पनि खोल्ने पनि आफैँले हो ।’ नेपालमा केही छैन भन्नेहरूका लागि अवसरै अवसरको देश हो भनेर देखाउनुपर्ने बेला आएको अध्यक्ष जालानले बताए ।

ललितपुर कुपण्डोलको पाटन कलेज फर प्रोफेसनल स्टडीज पी.सी.पी.एस नेपालको प्रतिष्ठित शैक्षिक संस्था एल.बी.ई.एफ ग्रुप अफ इन्स्टिच्युसन, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, अन्तर्गत सञ्चालित छ । अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त डिग्री प्रदान गर्ने लक्ष्यसहित पाटन कलेजले विस्तृत अनुसन्धानपछि बेलायतको प्रख्यात युनिभर्सिटी अफ बेडफोरसायरसँग साझेदारी गर्दै आएको छ।

एक शताब्दी लामो उत्कृष्ट शैक्षिक इतिहास बोकेको युनिभर्सिटी अफ बेडफोरसायरको गुणस्तरीय शिक्षामा प्रतिबद्धता पाटन कलेजको लक्ष्यसँग मेल खाने भएकाले उक्त विश्वविद्यालय उपयुक्त साझेदारका रूपमा चयन गरिएको कलेजले जनाएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ