७ चैत्र २०८२, शनिबार । March 22, 2026

एनपीएल दोस्रो संस्करणः जनकपुरले रिटेन गर्‍यो आसिफसहित ६ खेलाडी


१९ असार २०८२, बिहिबार  

174
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि रिटेन गरिएका खेलाडीहरूको नाम सार्वजनिक गरेको छ।

आज सामाजिक सञ्जालमार्फत जनकपुरले सात जना खेलाडीलाई कायम राखिएको जानकारी दिएको हो। रिटेन सूचीमा राष्ट्रिय टोलीका ओपनर तथा मार्की खेलाडी आसिफ शेख प्रमुख छन्। त्यस्तै, अघिल्लो संस्करणमा कप्तानी सम्हालेका अनिल शाह पनि टोलीमै रहने भएका छन्। अन्य रिटेन खेलाडीमा शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापा मगर र रुपेश सिंह रहेका छन्।

यसअघि काठमाण्डौ गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्सले पनि रिटेन तथा रिलिज खेलाडीहरूको सूची सार्वजनिक गरिसकेका छन्। एनपीएलको नियमअनुसार, प्रत्येक टोलीले मार्की खेलाडीबाहेक अधिकतम ६ खेलाडीलाई रिटेन गर्न पाउने व्यवस्था छ।

पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको जनकपुर बोल्ट्स यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा छ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ६ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो