७ चैत्र २०८२, शनिबार । March 22, 2026

सेयर बजारमा हरियाली, नेप्से ९ अंकले उकालो


१९ असार २०८२, बिहिबार  

30
Shares

काठमाडौं । बिहीबार नेपाली सेयर बजारमा हरियाली देखिएको छ।

कारोबारी सप्ताहको चौथो दिन नेप्से सूचक ९ अंकले बढ्दै २७०३ बिन्दुमा पुगेको छ। आज कुल कारोबार ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको भएको छ। बजारमा १२२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १२५ कम्पनीको मूल्य घटेको देखिएको छ। कारोबारको आधारमा बुटवल पावर कम्पनी, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी अग्रस्थानमा रहे।

दैनिक मूल्य वृद्धिमा नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर शीर्ष स्थानमा रह्यो। यता, सप्तकोशी विकास बैंक र गुराँस लघुवित्तको सेयर मूल्य भने १० प्रतिशतले घटेर सबैभन्दा बढी घाटी बेहोर्ने कम्पनी बने।उद्योगगत उपसमूहतर्फ फाइनान्स समूहमा ४.०९ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ।

जीवन बीमा समूह २.६२ प्रतिशतले, निर्जीवन बीमा २.२४ प्रतिशतले, विकास बैंक १.२०, बैंकिङ ०.३१, उत्पादन तथा प्रशोधन समूह ०.३९ र अन्य समूह ०.०३ प्रतिशतले उकालो लागे। तर, व्यापार समूह १.२९ प्रतिशतले, माइक्रोफाइनान्स ०.२२, लगानी समूह ०.७७, जलविद्युत् ०.५९ र होटल तथा पर्यटन समूह ०.०७ प्रतिशतले घटेका छन्।

समग्रमा बजार सकारात्मक दिशातर्फ फर्किए पनि अधिकांश समूहमा मिश्रित कारोबार देखिएको छ। लगानीकर्ताहरू बजारको आगामी चालप्रति उत्साहित देखिएका छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ३ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो