२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

यू-१६ इस्ट जोन कपको फाइनलमा नेपाल र सिंगापुर भिड्ने



काठमाडौं । एसिसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपाल र सिंगापुरबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ ।

दुबै टोलीले बिहीबार आफ्ना सेमिफाइनल खेल जित्दै शनिबार हुने फाइनल भिडन्तमा स्थान सुरक्षित गरेका हुन्। सिंगापुरले हङकङलाई ४ विकेटले हराउँदै उपाधि भिडन्तमा नेपालसँगको भेट पक्का गरेको हो। त्यस्तै, बिहीबार बिहान सम्पन्न सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

नेपाल र सिंगापुरबीचको फाइनल खेल मलेसियाको बांगी मैदानमा शनिबार हुनेछ। यसअघि समूह चरणमै यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो, जसमा नेपालले सिंगापुरलाई ६ विकेटले सहजै पराजित गरेको थियो। सिंगापुरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३३.३ ओभरमा पूरा गरेको थियो। त्यो खेलमा प्रसिद्ध जैशीले नटआउट रहँदै ५५ रनको अर्धशतकिय पारी खेलेका थिए, जसमा उनले ५ चौका प्रहार गरेका थिए।

पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा १३८ रनमै समेटिएको थियो। उक्त खेलमा नेपालका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए। समूह चरणमा नेपालले जापान, इन्डोनेसिया र भुटानलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। लगातारको शानदार प्रदर्शनले नेपाललाई उपाधिका लागि बलियो दावेदार बनाएको छ।

शनिबारको फाइनलमा नेपाल सिंगापुरलाई फेरि पराजित गर्दै उपाधि उचाल्ने लक्ष्यमा हुनेछ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको