३० चैत्र २०८२, सोमबार । April 13, 2026

यू-१६ इस्ट जोन कपको फाइनलमा नेपाल र सिंगापुर भिड्ने


१९ असार २०८२, बिहिबार  

489
Shares

काठमाडौं । एसिसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपाल र सिंगापुरबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ ।

दुबै टोलीले बिहीबार आफ्ना सेमिफाइनल खेल जित्दै शनिबार हुने फाइनल भिडन्तमा स्थान सुरक्षित गरेका हुन्। सिंगापुरले हङकङलाई ४ विकेटले हराउँदै उपाधि भिडन्तमा नेपालसँगको भेट पक्का गरेको हो। त्यस्तै, बिहीबार बिहान सम्पन्न सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

नेपाल र सिंगापुरबीचको फाइनल खेल मलेसियाको बांगी मैदानमा शनिबार हुनेछ। यसअघि समूह चरणमै यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो, जसमा नेपालले सिंगापुरलाई ६ विकेटले सहजै पराजित गरेको थियो। सिंगापुरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर ३३.३ ओभरमा पूरा गरेको थियो। त्यो खेलमा प्रसिद्ध जैशीले नटआउट रहँदै ५५ रनको अर्धशतकिय पारी खेलेका थिए, जसमा उनले ५ चौका प्रहार गरेका थिए।

पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा १३८ रनमै समेटिएको थियो। उक्त खेलमा नेपालका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए। समूह चरणमा नेपालले जापान, इन्डोनेसिया र भुटानलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। लगातारको शानदार प्रदर्शनले नेपाललाई उपाधिका लागि बलियो दावेदार बनाएको छ।

शनिबारको फाइनलमा नेपाल सिंगापुरलाई फेरि पराजित गर्दै उपाधि उचाल्ने लक्ष्यमा हुनेछ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व