काठमाडौं । यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाली टिमले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मलेसियालाई मात्र ९० रनमै समेटेको छ ।
क्वालालम्पुरको सेलेङ्गार टर्फ क्लबमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि मलेसिया ४३.१ ओभरमै अलआउट भयो । अब नेपाललाई फाइनलमा स्थान बनाउने लक्ष्य पूरा गर्न ९१ रनको सहज लक्ष्य रहेको छ । मलेसियाको ब्याटिङतर्फबाट मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान दियाज पात्रोले १० रन जोडे । अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए भने सुभम खनालले ३ विकेट लिए । कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट हात पारे । नेपाली बलरहरूको कसीयुक्त प्रदर्शनले मलेसियाली ब्याट्सम्यानलाई दवाबमा राख्न सफल भयो ।







प्रतिक्रिया