काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचकमा उल्लेखनीय वृद्धि भएको छ ।
परिसूचक ३४.४२ अंकले बढ्दै २६९४.८२ बिन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १.२९ प्रतिशतको वृद्धि हो। आजको कारोबारमा ८९ हजारभन्दा बढी पटक सेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ नाघेको छ।
बुधबार १८२ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने ६५ कम्पनीको मूल्य घटेको छ। सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ, जसको सेयर कारोबार ५५ करोड रुपैयाँभन्दा बढीको रहेको छ।
त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरका सेयर मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ।







प्रतिक्रिया