२८ पुस २०८२, सोमबार । January 13, 2026

फिफा क्लब विश्वकपः डर्टमुन्डको जितसँगै क्वाटरफाइनल समीकरण पूरा



काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ चरणका खेलहरू सम्पन्न भएसँगै क्वाटरफाइनलको पूरै समीकरण तय भएको छ।

बुधबार बिहान सम्पन्न खेलपछि अन्तिम आठ टोलीहरू निश्चित भएका हुन्। बिहान भएको रोमाञ्चक खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले मेक्सिकन क्लब सिएफ मोन्टेरेलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो। डर्टमुन्डका लागि दुबै गोल सरु गुएरासेले पहिलो हाफमै गरे। उनले खेलको १४औं र २४औं मिनेटमा दुई उत्कृष्ट गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।

दोस्रो हाफमा मोन्टेरेले दबाब बनाउने प्रयास जारी राखेको थियो। खेलको ४८औं मिनेटमा जर्मन बर्तरामले गोल गर्दै खेलमा फर्कने संकेत दिए पनि बाँकी समय गोलविहीन रहँदा डर्टमुन्ड २–१ को जितसहित क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।

अब डर्टमुन्डले क्वाटरफाइनलमा स्पेनिस जायन्ट रियल मड्रिडको सामना गर्नेछ। अन्य क्वाटरफाइनल खेलहरूमा बायर्न म्युनिखले पीएसजीसँग, अल हिलालले फ्लुमिनेससँग र चेल्सीले पाल्मेइराससँग प्रतिस्पर्धा गर्ने छन्।

यस संस्करणको फिफा क्लब विश्वकपको फाइनल खेल जुलाई १० मा हुने तय छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले