७ चैत्र २०८२, शनिबार । March 22, 2026

फिफा क्लब विश्वकपः डर्टमुन्डको जितसँगै क्वाटरफाइनल समीकरण पूरा


१८ असार २०८२, बुधबार  

120
Shares

काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ चरणका खेलहरू सम्पन्न भएसँगै क्वाटरफाइनलको पूरै समीकरण तय भएको छ।

बुधबार बिहान सम्पन्न खेलपछि अन्तिम आठ टोलीहरू निश्चित भएका हुन्। बिहान भएको रोमाञ्चक खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले मेक्सिकन क्लब सिएफ मोन्टेरेलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो। डर्टमुन्डका लागि दुबै गोल सरु गुएरासेले पहिलो हाफमै गरे। उनले खेलको १४औं र २४औं मिनेटमा दुई उत्कृष्ट गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए।

दोस्रो हाफमा मोन्टेरेले दबाब बनाउने प्रयास जारी राखेको थियो। खेलको ४८औं मिनेटमा जर्मन बर्तरामले गोल गर्दै खेलमा फर्कने संकेत दिए पनि बाँकी समय गोलविहीन रहँदा डर्टमुन्ड २–१ को जितसहित क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।

अब डर्टमुन्डले क्वाटरफाइनलमा स्पेनिस जायन्ट रियल मड्रिडको सामना गर्नेछ। अन्य क्वाटरफाइनल खेलहरूमा बायर्न म्युनिखले पीएसजीसँग, अल हिलालले फ्लुमिनेससँग र चेल्सीले पाल्मेइराससँग प्रतिस्पर्धा गर्ने छन्।

यस संस्करणको फिफा क्लब विश्वकपको फाइनल खेल जुलाई १० मा हुने तय छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो