१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

श्रीलंकासँग भिड्दै नेपाली महिला फुटबल टोली, दोस्रो जितको लक्ष्य


१८ असार २०८२, बुधबार  

204
Shares

काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको समूह एफ अन्तर्गत दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

खेल तास्केन्तको बुन्योदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को प्रभावशाली जित दर्ता गरेको थियो। उक्त खेल नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेलसमेत थियो। नयाँ कप्तान सावित्रा भण्डारी साम्बाले कप्तानको रूपमा मैदान सम्हाल्दै एक्लैले ४ गोल गरेकी थिइन्।

त्यस खेलमार्फत मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि सिनियर टिममा आफ्नो डेब्यु गरेका थिए। अब दोस्रो खेलमा पनि पहिलो खेलको प्रदर्शनलाई निरन्तरता दिने उद्देश्यसहित नेपाली टोली मैदान उत्रन लागेको हो।

पहिलो खेलमा नियमित गोलकिपर एन्जिला तुम्बापो सुब्बाको सट्टा अन्जना राना मगरले पोस्ट सम्हालेकी थिइन् भने सरस्वती हमालले पहिलो रोजाइमै डेब्यु गरेकी थिइन्। प्रशिक्षकले उज्बेकिस्तानविरुद्धको अन्तिम खेललाई ध्यानमा राख्दै श्रीलंकासँगको खेलमा पनि फरक रणनीति अपनाउने सम्भावना छ।

लाओसविरुद्ध दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका प्रीति राई, रेखा पौडेल र पुजा रानालाई आजको खेलमा सुरुबाटै खेलाइने सम्भावना पनि छ। प्रशिक्षक प्याट्रिकले पहिलो खेलपछि टिमको प्रदर्शनको प्रशंसा गर्दै बाँकी खेलहरूमा पनि त्यही उत्साह र रणनीतिका साथ खेल्नुपर्ने बताएका थिए।

महिला फुटबल इतिहासमा नेपाल अहिलेसम्म श्रीलंकासँग अपराजित रहेको छ। अहिलेसम्म खेलेका सबै ८ खेल नेपालले जितेको छ। फिफा वरियतामा नेपाल १००औं र श्रीलंका १५९औं स्थानमा छन्। समूह एफमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलंका छन्। यसअघि उज्बेकिस्तानले श्रीलंकालाई १०-० ले पराजित गरेको थियो।

वरियतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टिम मानिन्छ। नेपालले अझैसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन। नेपालको अन्तिम खेल उज्बेकिस्तानसँग हुने भएकाले आजको खेलको नतिजाले अन्तिम भिडन्तको समीकरण स्पष्ट पार्नेछ। यदि नेपाल र उज्बेकिस्तान दुवैले आज जित हासिल गरेमा अन्तिम खेल निर्णायक हुने निश्चित छ।

समूहको शीर्ष स्थान हासिल गर्ने टिमले २०२६ मा अष्ट्रेलियामा हुने महिला एसियन कपका लागि सीधा छनोट हुनेछ। साथै, यसमार्फत अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पनि खुल्नेछ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली