८ चैत्र २०८२, आइतबार । March 22, 2026

फिफा क्लब विश्वकप: युभेन्ट्सलाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा


१८ असार २०८२, बुधबार  

60
Shares

काठमाडौं । स्पेनिस फुटबल जायन्ट रियल मड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ।

गएराति सम्पन्न अन्तिम १६ को रोमाञ्चक भिडन्तमा रियलले इटालियन क्लब युभेन्ट्सलाई १–० को झिनो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। रियल मड्रिडका लागि खेलको निर्णायक क्षण दोस्रो हाफमा आयो। ५४औं मिनेटमा गोन्जालो गार्सियाले गोल गर्दै टिमलाई अग्रता दिलाए, जुन अन्तिमसम्म कायम रह्यो।

खेलभर रियलले केही राम्रा आक्रमणहरू गरे पनि गोलमा परिणत गर्न भने संघर्ष गर्नुपर्‍यो। उनीहरूले दर्जनभन्दा बढी अवसर सिर्जना गरे तापनि धेरै शटहरू गोलपोस्टको दिशा समाउन सकेनन्। युभेन्ट्सका गोलकिपर ग्रिगेरियोले उत्कृष्ट प्रदर्शन गर्दै रियललाई थप गोल गर्नबाट रोकिरहेका थिए।

दोसरी तर्फ युभेन्ट्सले पनि केही राम्रा मौका पाए तापनि ती अवसरलाई सदुपयोग गर्न असफल रहे।

अब रियल मड्रिडले सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बोरुसिया डर्टमुन्ड र मेक्सिकन क्लब मोन्टेरेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो