२९ चैत्र २०८२, आइतबार । April 13, 2026

भुटानकाविरुद्ध सानदार जीत निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश


१७ असार २०८२, मंगलबार  

120
Shares

काठमाडौं । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको लिग चरणको अन्तिम खेलमा नेपालले भुटानमाथि ऐतिहासिक जित हात पार्दै समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा स्थान पक्का गरेको छ।

नेपालले भुटानलाई २ सय ९८ रनको विशाल अन्तरले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो। नेपालको ब्याटिङमा रौनक श्रीवास्तवले उत्कृष्ट प्रदर्शन गर्दै १६८ रनको शानदान इनिङ खेले। उनले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए।

यद्यपि नेपालका ओपनरहरू लामो समय टिक्न नसकेपनि, तेस्रो विकेटका लागि रौनक श्रीवास्तव र सिवान्स बजगाईंले ९१ रनको साझेदारी गर्दै इनिङलाई स्थायित्व दिए। बजगाईंले ५४ रन बनाउँदा जोय थापा ६१ रनमा अविजित रहे। सुगम बुढाथोकीले पनि ३५ रनको योगदान दिए।

जवाफी ब्याटिङमा भुटान सुरुदेखि नै दबाबमा देखियो। नेपालका बलरहरूको सशक्त प्रदर्शनसामु भुटानको टिम ६० रनमै समेटियो। भुटानका लागि केवल दुई खेलाडी—उग्यन केल्जाङ्ग चोपहेल (१० रन) र छेजाङ्ग दावा (१४ रन) ले मात्र दोहोरो अंकमा रन जोड्न सके।

नेपालका लागि बलिङमा विपिन प्रसाद शर्माले ४ विकेट लिँदै भुटानी ब्याटिङलाई ध्वस्त पारे। सचिन भट्टले २ विकेट हात पार्दा सुयोग भट्टराईले १ विकेट लिए। पहिले नै सेमिफाइनल प्रवेश गरिसकेको नेपालले यो जितसँगै समूह चरणको सबै खेलमा विजयी हुँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपालको लय र प्रदर्शनले उपाधिको बलियो दाबेदारको रूपमा उभिएको संकेत गरिरहेको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व