२९ पुस २०८२, मंगलबार । January 13, 2026

रौनकको धुवाँधार शतकसहित नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य



काठमाडौं । मलेसियामा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भुटानविरुद्ध सानदार प्रदर्शन गर्दै ५ विकेटको क्षतिमा ३५८ रन बनाएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि रौनक श्रीवास्तव स्टार बने। उनले १३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै १६८ रनको शानदार पारी खेले। उनी अन्तिम ओभरमा आउट भए पनि त्यसअघिको धैर्य र आक्रामकता नेपाली पारीको मेरुदण्ड बन्यो। जय थापाले पनि जिम्मेवारीपूर्ण पारी खेल्दै ६७ बलमा ७ चौकासहित नटआउट ६१ रनको योगदान दिए।

नेपालको सुरुवात भने कमजोर रह्यो। ओपनर परिमार्जन यादव २ रनमै र प्रसिद्ध जैशी ७ रनमै पेभिलियन फर्किए। दुवैलाई भुटानका सांगे दर्जीले बोल्ड गरे। तर त्यसपछि शिवान्स बजाइले सन्तुलन कायम राख्दै ५४ रन बनाए भने सुगम बुढाथोकीले ३५ रन थपे। यसअघि नेपाल समूह चरणका तीनै खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान र तेस्रोमा इन्डोनेसियामाथि ३७० रनको विशाल जित निकाल्दै नेपालले प्रभावशाली यात्रा तय गरेको हो। अब नेपाल असार १९ गते सेमिफाइनलमा आयोजक मलेसियासँग भिड्नेछ। अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता हङकङ र समूह ‘ए’ को उपविजेता सिंगापुर आमनेसामने हुनेछन्।

फाइनल मिति असार २१ मा तय गरिएको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ११ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले