२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फिफा क्लब विश्वकप: इन्टर मिलानलाई हराउँदै फ्लुमिनेस क्वाटरफाइनलमा प्रवेश


१७ असार २०८२, मंगलबार  

21
Shares

एजेन्सी । ब्राजिलियन क्लब फ्लुमिनेस एफसीले इटालीको इन्टर मिलानलाई पराजित गर्दै फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

गएराति सम्पन्न अन्तिम १६ चरणको खेलमा फ्लुमिनेसले इन्टर मिलानलाई २-० ले पराजित गरेको हो। यो जितसँगै इन्टरको यात्रा यतिनैमा टुंगिएको छ। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको फ्लुमिनेसका लागि पहिलो गोल तेस्रो मिनेटमै जर्मन कानोले गर्दै टोलीलाई अग्रता दिलाए। खेलको अन्तिम चरणमा, इन्जुरी समयको तेस्रो मिनेटमा हर्कुलसले गोल गर्दै नतिजा २-० मा पुर्‍याए।

अब फ्लुमिनेसले क्वाटरफाइनलमा स्थान बनाइसकेको छ भने अर्को चरणमा उनीहरूको प्रतिस्पर्धा म्यान्चेस्टर सिटी र साउदी अरबको अल हिलालबीच हुने खेलको विजेतासँग हुनेछ। यसअघि नै युरोपेली पावरहाउस बायर्न म्युनिख, फ्रेन्च क्लब पीएसजी, इंग्लिस क्लब चेल्सी र ब्राजिलकै पाल्मेइरासले पनि क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्।

फ्लुमिनेसको यो प्रदर्शनले क्लब विश्वकपमा दक्षिण अमेरिकी चुनौतीलाई थप बलियो बनाएको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ