२९ पुस २०८२, मंगलबार । January 13, 2026

फिफा क्लब विश्वकप: इन्टर मिलानलाई हराउँदै फ्लुमिनेस क्वाटरफाइनलमा प्रवेश



एजेन्सी । ब्राजिलियन क्लब फ्लुमिनेस एफसीले इटालीको इन्टर मिलानलाई पराजित गर्दै फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

गएराति सम्पन्न अन्तिम १६ चरणको खेलमा फ्लुमिनेसले इन्टर मिलानलाई २-० ले पराजित गरेको हो। यो जितसँगै इन्टरको यात्रा यतिनैमा टुंगिएको छ। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको फ्लुमिनेसका लागि पहिलो गोल तेस्रो मिनेटमै जर्मन कानोले गर्दै टोलीलाई अग्रता दिलाए। खेलको अन्तिम चरणमा, इन्जुरी समयको तेस्रो मिनेटमा हर्कुलसले गोल गर्दै नतिजा २-० मा पुर्‍याए।

अब फ्लुमिनेसले क्वाटरफाइनलमा स्थान बनाइसकेको छ भने अर्को चरणमा उनीहरूको प्रतिस्पर्धा म्यान्चेस्टर सिटी र साउदी अरबको अल हिलालबीच हुने खेलको विजेतासँग हुनेछ। यसअघि नै युरोपेली पावरहाउस बायर्न म्युनिख, फ्रेन्च क्लब पीएसजी, इंग्लिस क्लब चेल्सी र ब्राजिलकै पाल्मेइरासले पनि क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्।

फ्लुमिनेसको यो प्रदर्शनले क्लब विश्वकपमा दक्षिण अमेरिकी चुनौतीलाई थप बलियो बनाएको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले