२९ पुस २०८२, मंगलबार । January 13, 2026

हेटौंडामा कोइला बोकेको ट्रक दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते



मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे नजिकै पूर्वपश्चिम राजमार्गमा आज बिहान एक कोइला बोकेको ट्रक दुर्घटनामा परिँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्।

भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला बोकेर आउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको ट्रक दुर्घटना हुँदा चालक ४५ वर्षीय महेन्द्र यादव, गाजीपुर जिल्ला पुरैनियाँका बासिन्दा, गम्भीर रूपमा घाइते अवस्थामा ट्रकभित्र च्यापिएका थिए। प्रहरीले उद्धार गरी तत्काल हेटौँडा अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

दुर्घटनामा सहचालक २६ वर्षीय मनोज यादव, सोही स्थानका निवासी, घाइते भएका छन्। उनको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिएका छन्।

दुर्घटनाको कारण भने अझै खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १० : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले