११ जेष्ठ २०८३, सोमबार । May 26, 2026

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान


१६ असार २०८२, सोमबार  

33
Shares

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउन्डेशन एलबीइएफ का ३५ जना विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन एपीयुमा शैक्षिक तथा सांस्कृतिक भ्रमण सम्पन्न गरेका छन्।

पाँच दिने भ्रमणका क्रममा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शैक्षिक वातावरणको अनुभव गर्न पाएका थिए भने प्रविधि र नवप्रवर्तनमा आधारित तालिमहरूमा सहभागिता जनाएका थिए । एपीयु भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक क्रियाकलापहरूमा भाग लिएका थिए । भ्रमणले नेपाल–मलेसिया बिचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुर्‍याएको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई पंकज जालानले बताए ।

प्रशिक्षण सत्र, सांस्कृतिक आदानप्रदान कार्यक्रम, आइस ब्रेकिङ गतिविधि र युनिभर्सिटी अवलोकन जस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अन्तरक्रियात्मक सिकाइको अनुभव दिलाएको उनको भनाइ छ । नेपाली विद्यार्थीहरूले आफ्ना संस्कृति प्रस्तुत गर्दा मलेसियाका विद्यार्थीहरूले पनि आफ्नो परम्परागत प्रस्तुति पस्केका थिए ।

शैक्षिक कार्यक्रम बाहेक विद्यार्थीहरूले पेट्रोनास ट्विन टावर, बटु केभ्स, केएल टावर, इन्डिपेन्डेन्स स्क्वायर, जेन्टिङ हाईल्याण्ड्स, राजदरबार र पुत्रजया सहित मलेसियाका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए। भ्रमणले विद्यार्थीहरूमा विश्वव्यापी सोच विकास गर्ने, अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने तथा विविध संस्कृतिको सम्मान गर्ने भावना जगाउने उद्देश्य राखेको जालानको भनाइ छ ।

भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय भ्रमण तथा सहकार्यलाई निरन्तरता दिने उनले बताए ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली